Attestation

१. कागजात प्रमाणीकरण

 नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण (Attestation) गरिएका कागजातहरु उपर यस दूतावासबाट थप प्रमाणीकरण गर्नुपरेमा त्यस्ता कागजातको सत्यता बुझी यस राजदूतावासबाट प्रमाणीकरण गरिने छ । सो का लागि निम्नानुसारका कागजात पेश गर्नुपर्ने छ ।

  • के के कागजात प्रमाणित गर्ने हो सो उल्लेख गरिएको निवेदन ।
  • नेपाली नागरिकताको प्रमाणपत्र वा प्रतिलिपी तथा राहदानीको सक्कल तथा प्रतिलिपी/छाँयाप्रति ।
  • प्रमाणीकरण गर्नुपर्ने परराष्ट्र मन्त्रालयबाट प्रमाणित हरेक कागजातको सक्कल तथा प्रतिलिपि ।
  • पेश गरिएका कागजातको सत्यता/प्रमाणीकरणको आधिकारिकता बुझ्नका लागि केही समय/दिन लाग्न सक्ने ।
  • शुल्क प्रति कागजात Rand १०००।००

२.  अनुवाद (नेपाली कागजातको अंग्रेजीमा उल्था)

 नेपाल सरकारका निकायहरुबाट जारी गरिएका चालक अनुमती पत्र, नागरिकता प्रमाणपत्र तथा जन्मदर्ता¸ विवाहदर्ता जस्ता सरकारी कागजातको अनौपचारिक अंग्रेजीमा उल्था गर्न सकिनेछ जसका लागि देहायका कागजात पेश गर्नुपर्नेछः

  • सक्कल प्रमाणपत्र र सो को प्रतिलिपि
  • सक्कल नेपाली राहदानी र सो को प्रतिलिपि
  • के के कागजात अनुवाद गर्ने हो सो उल्लेख गरिएको निवेदन
  • शुल्क प्रति कागजात Rand १०००।००

३. जो जस संग सम्बन्धित कागजात   

आवश्यक कागजातहरु

  • सक्कल राहदानी र प्रतिलिपि
  • नेपाली नागरिकता प्रमाणपत्रको सक्कल वा छाँयाप्रति
  • भिसाको प्रतिलिपि
  • निवेदन र शुल्क Rand १०००।००