About the Form and the Photo size and Quality

१. फोटोको सम्बन्धमा  

महिनाभित्र खिचेको

उचाई (height) : ४५ मि मि (4.5 cm)

चौडाई : (Breadth) ३५ मि मि (3.5 cm)

टाउकोदेखि चिउडोसम्मको भाग ३४ मि मि (3.4 cm) भन्दा बढी हुनु नहुने वा टाउकोको भाग७० देखि ८० % सम्म हुनुपर्ने

फाराममा फोटो टाँस गर्दा फारामको फोटो रहेको स्थानमा तल माथि दिएको कोण (Angle)भित्र पर्नेगरी मिलाएर सिधा गरी टिस गर्ने

प्राकृतिक खत वा चोटको दाग (scar) आदि बाहेक अन्य दाग धब्बा नलागेको

High resolution भएको 600 DMI सम्मको तस्वीर आवश्यक हुने

यथासक्य Inkjet को टोनर वा क्याट्रिज प्रयोग भएको हुनुपर्ने

चश्मा लगाउन नहुने लगाउनै परेमा Anti-reflection glass प्रयोग भएको colour वाchangeable frame नभएको चश्मा प्रयोग गर्नुपर्ने फ्रेम पनि पातलो भएको हुनुपर्ने

सिन्दुर, टिका वा मेकअप नभएको Natural photo आवश्यक पर्ने

धार्मिक कारण बाहेक टोपी, मजेत्रो, गम्छा वा पछ्यौरा आदि ओढ्न नहुने  

फोटोको Background सादा हलुका भएको

साथमा अन्य व्यक्ति वा बच्चा नभएको

चहकिलो रङ्ग भएको कपडा नलगाएको

रातो आँखा (Red eye) नभएको

कम्प्युटर प्रविधि प्रयोग गरी Edit नगरेको वा फोटो साइज घटबट नगराएको

मुख बन्द भएको

दुवै कान देखिने, पूर्ण रुपमा अगाडि फर्किएको

नोटः फोटोलाई स्टीच नगरी गम (Glue) प्रयोग गरी टाँस गरेको हुनुपर्नेछ ।

२. फारामको सम्बन्धमा

राहदानी विभाग काठमाडौंको वेवसाइट  www.mofadop.gov.np मा visit गरी फारामडाउनलोड गर्न सकिनेछ

फाराम कालो मसीले स्पष्ट रुपमा Block Letter (Capital Letters) मा कम्प्युटर टाइप गरेर भर्न सकिने ।

फाराम Download गर्दा सम्पूर्ण विवरण भरी size normal मा वा page scaling मा None माclick गर्नुपर्ने

फारामको शीरमा जुन कार्यालयमा आवेदन दिएको हो साही कार्यालयको नाम उल्लेख गर्ने

फारामको महल नं मा नामको थर मात्र उल्लेख गर्ने, त्यसो गर्दा पुरुषको हकमा आफ्नो थरउल्लेख गर्ने, महिलाको हकमा भने नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको थर राख्ने विवाह पछिको थरसमेत उल्लेख गर्न चाहेमा पहिले आफ्नो नागरिकता प्रमाणपत्रमाउल्लेख भएको थर एक कोठा खाली राखी श्रीमान् को थर राख्ने यदि माइतीतर्फको थरनराख्न चाहेमा पनि त्यसो गर्न सकिने वामाइतीतर्फको थर मात्र पनि उल्लेख गर्न सकिने

पति तर्फको थर मात्र पनि उल्लेख गर्न सकिने

जन्मस्थान सम्बन्धी महलमा आवेदकको नागरिकता प्रमाणपत्रमा उल्लेख भएको जन्मस्थानकोजिल्ला मात्र उल्लेख गर्ने

राष्ट्रियतामा Nepalese लेख्नुपर्ने धेरै फाराममा Nepali मात्र उल्लेख गर्ने गरेको पाइएको

जन्ममिति उल्लेख गर्दा नेपाली (विसं-) इस्वी सम्बत् दुवैमा convert गरी हेर्न सकिन्छ यसका लागि सय बर्षे पात्रो (Calendar) हेर्न वा www.rajan.com मा गई date converterप्रयोग गर्नसकिने

वि सं बाट इस्वी सम्बत् मा परिवर्तन (Convert) गर्दा दिनसम्मको फरक पर्न गएमा सोकोपुष्ट्याईँको प्रमाण पेश गरेमा राहदानीकमा सो बमोजिम जन्म मिति उल्लेख गर्न सकिने त्यसैगरी इस्वीसम्बतबाट विक्रम सम्बत मा परिवर्तन (convert) गर्दा दिनसम्म फरकपरेमा पनि सो को पुष्ट्याईँ गर्ने प्रमाण पेश भएमा सोही बमोजिम गर्न सकिने

नागरिकता प्रमाणपत्र नम्वरको महल भर्दा / (slash)को स्थानमा एक कोठा खाली राखी भर्ने वा/ (slash) नै उपयुक्त रुपमा भर्नुपर्ने

नाप्रमाणपत्र नं जारी भएको स्थान उल्लेख गर्दा नागरिकता प्रमाणपत्र जारी भएको जिल्लाकोनाम उल्लेख गर्नुपर्ने

पुरानो राहदानी नं को महलमा पुरानो Passport No. उल्लेख गर्ने

जारी स्थानमा जिल्लाबाट जारी भएको राहदानी रहेछ भने जिल्लाको नाम, परराष्ट्र मन्त्रालयबाट जारी भएको रहेछ भने MoFA वा विदेशस्थित नेपाली राजदूतावास/नियोग महावाणिज्यदूतावासबाट जारी भएको राहदानी रहेछ भने उक्त नियोग रहेको शहरको नाम उल्लेख गर्ने ।

ठेगाना

नागरीकता प्रमाणपत्रमा उल्लिखित ठेगाना उल्लेख गर्ने

बसाई सराई गरी ठेगाना परिवर्तन भएकोमा बसाई सराईको प्रमाणपत्र वा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्रको प्रतिलिपि पेश गरी बसाई सराई भइ अएको बतन उल्लेख गर्न सकिने ।

घर नम्बर वा Block No. खाली राख्न सकिने

Email भएमा मात्र उल्लेख गर्नुपर्ने, नभएमा पनि फरक नपर्ने ।

हस्ताक्षर

फाराममा दिइएको कोठाको तलमाथी वा दायाँ वायाँका रेखाहरुमा नछुनेगरी कोठाभित्र पर्नेगरी हस्ताक्षर गरेको हुनुपर्ने ।

आवेदक निरक्षर भएमा उक्त कोठामा X चिन्ह राख्नु पर्ने ।

नावालकको हकमा पनि हस्तक्षर कोठामा X चिन्ह राख्ने ।

ल्याप्चे

ल्याप्चे गर्दा दिइएको कोठाका रेखाबाट बाहिर नपर्ने गरी कोष्ठको वीचमा औंठाछाप लगाउनु पर्दछ ।