Other Services

Download – Specimen application for consular service

१. एकतर्फी यात्रा अनुमतीपत्र

 दक्षिण अफ्रिका वा दूतावास सहप्रमाणिकृत देशमा रहेका कुनै नेपाली नागरिकको राहदानी हराएको वा नष्ट भएको र तुरुन्तै नेपाल फर्कन आवश्यक भएको कारण जनाई सम्बन्धित व्यक्तिले एकतर्फी यात्रा अनुमती पत्र प्राप्त गर्नकालागि आवश्यक प्रक्रिया पुरागरी राहदानी फाराम समेत भरी यस राजदूतावासमा निवेदन दिएमा नियम बमोजिम दूतावासबाट एकतर्फी यात्रा अनुमतीपत्र जारी गर्न सकिने छ । यसका लागि थप देहायका कागजात तथा शुल्कहरु समावेश गरिएको हुनुपर्नेछः

  • राहदानी हराएको वा नष्ट भएको प्रमाण सहित निवेदन र प्रहरी प्रतिवेदन ।
  • नेपाली नागरिकताको सक्कल तथा प्रतिलिपि¸अन्य देशका लागि स्क्यान कपी ।
  • एकप्रति भरिएको राहदानी फाराम
  • हालसालै खिचिएका ३ प्रति पासपोर्ट साइजका फोटाहरु
  • शुल्क Rand १०००।००
  • अन्य देशहरुबाट रकम पठाउँदा तोकिएको राजश्व बैंक वा मनि ट्रान्स्फर कम्पनीमार्फत दूतावासका नाममा प्राप्त हुनेगरी जम्मा गर्नुपर्ने । अन्य प्रक्रिया माथि नं १ मा उल्लेख गरिएजस्तै गर्ने।

२. अस्थायी हस्तलिखित इमर्जेन्सी राहदानी

 मशिन रिडेवल राहदानीका लागि आवेदन गरी राहदानीको पर्खाइमा रहेका तर तुरुन्तै नेपाल नफर्की केही महिना हाल कार्यरत देशमै बस्ने अवस्था परी अस्थायी/हस्तलिखित इमर्जेन्सी राहदानी लिनुपर्ने अवस्थाका नेपालीहरुलाई खास विशेष परिस्थितिमा र एम आर पी राहदानीका लागि दूतावासमा आवेदन गरेको अवस्थामा मात्रै अस्थायी इमर्जेन्सी हस्तलिखित राहदानीका लागि आवेदन गरेमा दूतावासबाट बढीमा ६ महिना बहाल म्याद भएको अस्थायी हस्तलिखित इमर्जेन्सी राहदानी जारी गर्न सकिनेछ । यस्तो राहदानीबाट नेपाल फर्किनबाहेक कार्यरत वा अन्य देशको भिसाका लागि आवेदन गर्न वा भिसा नविकरणका लागि मान्य नहुने अन्तर्राष्ट्रिय प्रचलन रहेकोले यसको आवश्यकता र प्रयोजन खुलाई सम्बन्धित व्यक्तिले नागरिकताको प्रमाणपत्रको सक्कल तथा प्रतिलिपि¸ पुरानो राहदानीको फोटोकपी र पासपोर्ट साइजका ४ प्रति फोटाहरु संलग्न गरी राजदूतावासमा नेपाली भाषामा निवेदन पेश गर्नुपर्ने छ । यसका लागि राजश्व Rand १०००।०० लाग्ने


३. अधिकृत वारेसनामा

आफ्नो नाममा दर्ता रहेको वा स्वामित्वमा रहेको घरजग्गा वा अन्य चल अचल सम्पत्ती विक्री वितरण वा अन्य लेनदेन वा लिखत रजिष्ट्रेशन पारित गर्ने गरी आफुमा रहेको हक वा अधिकार घरका अन्य सदस्य वा अन्य जो कोहीलाइ हस्तान्तरण गर्न वा अदालतमा बहस पैरवी गर्न अधिकृत वारेसनामा मार्फत वारेस खटाउने प्रयेजनका लागि देहायबमोजिमको प्रक्रिया पुरा गर्नु पर्दछ

  • अधिकृत वारेसनामा दिने व्यक्तिद्वारा व्यहोरा खुलाइ दूतावासको नाममा स्वयं उपस्थित भइ निवेदन पेश गर्नुपर्नेछ ।
  • नेपालको अदालती प्रचलनमा रहेको कानुनी प्रक्रियाअनुसार २ जना किनारा साक्षी बस्ने व्यक्तिको नाम र हस्ताक्षर सहितको नेपाली कागजमा तयार गरिएको २ प्रति लिखत – अधिकृत वारेशनामा
  • अधिकृत वारेसनामा लिखतमा लिने व्याक्तिको फोटो टांस गरी ल्याप्चे लगाइ हस्ताक्षर समेत गर्ने
  • अधिकृत वारेशनामा लिनेको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र दिनेको नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि
  • निवेदकको नाममा दर्ता रहेको घरजग्गा वा सम्पत्तीको प्रमाणपत्र प्रतिलिपिको नोटोराइज्ड वा प्रमाणित गरिएको प्रति वा सक्कल ।
  • अधिकृत वारेशनामा दिने र लिने दुवैको हालसालै खिचिएको २-२ प्रति पासपोर्ट साइजका फोटाहरु
  • शुल्क Rand २०००।००
  • अधिकृत वारेशनामामा महामहिम राजदूतले मात्र प्रमाणित गरेको कागजातले मान्यता प्राप्त गर्ने भएकाले निवेदक स्वयं राजदूताबासमा उपस्थित भइ सो कागजातमा हस्ताक्षर तथा ल्याप्चे गरेको हुनुपर्ने भएकाले राजदूतसंगको भेटका लागि अग्रिम रुपमा दूतावासबाट समय (appointment) लिनुपर्ने

४. कागजात प्रमाणीकरण

 नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण (Attestation) गरिएका कागजातहरु उपर यस दूतावासबाट थप प्रमाणीकरण गर्नुपरेमा त्यस्ता कागजातको सत्यता बुझी यस राजदूतावासबाट प्रमाणीकरण गरिने छ । सो का लागि निम्नानुसारका कागजात पेश गर्नुपर्ने छ ।

  • के के कागजात प्रमाणित गर्ने हो सो उल्लेख गरिएको निवेदन ।
  • नेपाली नागरिकताको प्रमाणपत्र वा प्रतिलिपी तथा राहदानीको सक्कल तथा प्रतिलिपी/छाँयाप्रति ।
  • प्रमाणीकरण गर्नुपर्ने परराष्ट्र मन्त्रालयबाट प्रमाणित हरेक कागजातको सक्कल तथा प्रतिलिपि ।
  • पेश गरिएका कागजातको सत्यता/प्रमाणीकरणको आधिकारिकता बुझ्नका लागि केही समय/दिन लाग्न सक्ने ।
  • कागजातको प्रकृतिअनुसार प्रति कागजात Rand १०० देखि १०००।००

५.  अनुवाद (नेपाली कागजातको अंग्रेजीमा उल्था)

 नेपाल सरकारका निकायहरुबाट जारी गरिएका चालक अनुमती पत्र, नागरिकता प्रमाणपत्र तथा जन्मदर्ता¸ विवाहदर्ता जस्ता सरकारी कागजातको अनौपचारिक अंग्रेजीमा उल्था गर्न सकिनेछ जसका लागि देहायका कागजात पेश गर्नुपर्नेछः

  • सक्कल प्रमाणपत्र र सो को प्रतिलिपि
  • सक्कल नेपाली राहदानी र सो को प्रतिलिपि
  • के के कागजात अनुवाद गर्ने हो सो उल्लेख गरिएको निवेदन
  • शुल्क प्रति कागजात Rand ८००।००

६. जो जस संग सम्बन्धित कागजात   

आवश्यक कागजातहरु

  • सक्कल राहदानी र प्रतिलिपि
  • नेपाली नागरिकता प्रमाणपत्रको सक्कल वा छाँयाप्रति
  • भिसाको प्रतिलिपि
  • निवेदन र शुल्क Rand ८००।००

.  गैरआवासीय नेपाली परिचय पत्र जारी  

 आवश्यक कागजातहरु

खण्ड () बिदेशमा बस्ने नेपाली नागरिकहरुको प्रयोजनको लागि

  • गैर आवासीय नेपाली सम्बन्धी नियमावली २०६६ को अनुसूची १ (नियम ३ को उपनियम (१) संग सम्बन्धित) गैर आवासीय नेपालीका हैसियतमा नाम दर्ता गराउन दिने ढांचामा भरिएको निवेदन -१
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि¸
  • नेपाली राहदानीको प्रतिलिपि¸
  • विदेशमा कुनै व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात¸
  • विनेशमा पेशा वा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात¸
  • कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात¸
  • हालसालै खिचिएको पासपोर्ट साइजका दुई प्रति फोटा ।
  • निवेदन शुल्क Rand ४००।००
  • परिचय पत्र शुल्कः विदेशमा बस्ने नेपाली नागरिकका लागि Rand १०००।०० (equivalent to US$ 50.00)

खण्ड () नेपाली मूलको विदेशी नागरिकहरुको प्रयोजनको लागि

  • गैर आवासीय नेपाली सम्बन्धी नियमावली २०६६ को अनुसूची १ (नियम ३ को उपनियम (१) संग सम्बन्धित) गैर आवासीय नेपालीका हैसियतमा नाम दर्ता गराउन दिने ढाँचामा भरिएको निवेदन -१ प्रति
  • बसोबास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात¸
  • नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण¸
  • बाबु र आमा तथा बाजे र बज्यैको नागरिकता प्रमाणपत्रको नम्बर¸ जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोराखुल्ने कागजात¸
  • नेपालभन्दा बाहिर कुनै देशमा कुनै पेशा वा व्यवसाय गरी बसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात¸
  • नेपालभन्दा बाहिर कुनै देशमा रोजगारी गरी बसेको भए सो पुष्टि गर्ने कागजात¸
  • हालसालै खिचिएको पासपोर्ट साइजका दुई प्रति फोटा ।
  • निवेदन शुल्क Rand ५४००।००
  • परिचय पत्र शुल्कः नेपाली मूलको विदेशी नागरिकका लागि Rand ४¸२००।०० (equivalent to US$ 250.00)

.  नेपाली नागरिकको विदेशमा मृत्यु भई शव नेपाल पठाउनुपर्ने भएमा दूतावासबाट No Objection Letter कागजात जारी ।

 दक्षिण अफ्रिका वा यो दूतावास सहप्रमाणिकृत मुलुकबाट मृतक नेपाली नागरिकको पार्थिव शव नेपाल पठाउन No Objection Certificate लिन सम्बन्धित देशका रोजगारदाता वा शव पठाउने एजेन्सीले पुर्याउनुपर्ने प्रक्रिया र दूतावासमा पेश गर्नुपर्ने आवश्यक कागजातहरुः

Procedure to be followed पुर्याउनुपर्ने प्रक्रिया
Inform the concerned Police station/officials of that country नेपाली नागरिकको दुर्घटना/मृत्युबारे सम्बन्धित देशको स्थानीय प्रहरीलाइ खवर गर्ने।
Inform the Embassy of Nepal in Pretoria and the family members in Nepal through a letter about the death नेपाली राजदूतावास र मृतकका नजिकैका आफन्तलाइ मृत्युको जानकारी गराउने
In case of death involving accident, letter from South African Police Service (SAPS) or in other country the concerned Police authority confirming that the investigation process has been taken, compensation/dues to be paid to the next of kin. यदी दूर्घटनाका कारण मृत्युभएको हो भने दूर्घटनाको जिम्मेबार पक्ष वा दूर्घटनाका विषयमा दक्षिण अफ्रिका वा सम्बन्धित देशको प्रहरीले छानविन अगाडि बढाएको बारेको पत्र तथा विमा कम्पनिको क्षतिपूर्ति सम्बन्धि पत्र ।
Receive Police Report (copy) about the death/accident मृत्यु वा दुर्घटनाका सम्बन्धमा प्रहरी प्रतिवेदनको एक प्रति प्राप्त गर्ने ।
Receive death certificate and medical /post mortem report from the hospital or concerned authority under Ministry of Home/Internal Affairs/Health of the country मृत्युको कारण उल्लेख गरिएको अस्पतालको प्रतिवेदन (तुरुन्तै सम्भव भए पोष्टमार्टम रिपोर्ट) र गृह/आन्तरिक मामिला मन्त्रालयको सम्बन्धित निकायबाट जारी मृत्युप्रमाणपत्र प्राप्त गर्ने ।
Send a letter to the Embassy stating about the remaining salary, other benefits or legitimate dues or and when the dues will be paid to the next of kin of deceased. मृतकलाइ दिन बांकी नियमानुसारको तलव¸ अन्य सुविधा आदि रकम र सो रकम कहिले मृतकका परिवारलाई उपलव्ध हुने बारेमा एक पत्र दूतावासलाइ उपलव्ध गराउने।
Inform the insurance company for compensation as per the existing/applicable labour laws of the country. सम्बन्धित देशको श्रम कानुन अनुसार दिनुपर्ने क्षतिपूर्तिका बारेमा सम्बन्धित विमा कम्पनिलाइ जानकारी गराउने र सो प्राप्तिमा पहल गर्ने ।
Submit the ATTESTED Original Copies of death certificate, medical report/post-mortem report and police report to the Embassy for further attestation. Attestation is done by the notary public of the country or Consular Department/ section of the Ministry of Foreign Affairs of the country. (if the documents are in other than English language, English translation and attestation from the concerned consular office of the country is required) अंग्रेजि भाषामा लेखिएका र सम्बन्धित सरकारी निकायबाट जारी गरिएका कागजातहरु जस्तैः आधिकारीक मृत्यु प्रमाणपत्र¸ अस्पतालको प्रतिवेदन/पोस्ट मोर्टम प्रतिवेदन र प्रहरी प्रतिवेदन आदिको सो देशको नोटरी पव्लिक वा परराष्ट्र मन्त्रालयको कन्सुलर विभाग/शाखाबाट प्रमाणित गराई प्रमाणित सक्कल कागजात नेपाली दूतावासमा थप प्रमाणिकरणका लागि पेश गर्ने । (कागाजातहरु अंग्रेजी भाषाबाहेक अन्य भाषामा भए सक्कल सहित अंग्रेजी भाषामा उल्था गराई सो को प्रमाणिकरण गराइ पेश गर्नुपर्ने)
Receive No Objection Certificate from the Embassy upon receipt of the above mentioned documents and this Certificate necessary to send the dead body to Nepal and the original should be attached to the documents that go with the dead body. माथि भनिएका कागजात दूतावासमा पेश गरेपछि मृतकको शरीर नेपाल फिर्ता पठाउन कुनै आपत्ति नभएको जनाउने पत्र दूतावासबाट (जारी हुने) प्राप्त गर्ने जुन पत्र मृतकको शरिर नेपाल पठाउन आवश्यक पर्ने र मृत शरीरसंग अन्य कागजातका साथ संगै जानुपर्ने।
Submit all documents to the air cargo with family address, contact and dead body receiving confirmation by the family in Nepal मृतकको शरीर नेपाल पठाउने कम्पनिसंग मिलि सम्पूर्ण कागजात सम्बन्धित एयर कार्गो कम्पनिमा पेश गर्ने ।
As the airliners agree to ship/transport the dead body only after receiving the written consent from the Next of Kin of the deceased, suggest the family to contact airliner’s office (carrier) in Nepal to give their consent to receive the body upon arrival in Kathmandu. The Embassy may be able to coordinate on this matter if the company finds it difficult to contact the relatives in Nepal or get their approval. मृतकका आफन्तबाट शव बुझ्न सहमति प्राप्त भएपछि मात्र हवाइ उडान कम्पनीले शव नेपाल पठाउन सहमतहुने हुनाले मृतकका आफन्तले सम्बन्धित एयरलाइन्स कम्पनिको काठमाडौंस्थित कार्यालयमा गइ शव बुझ्ने सहमति दिन सल्लाह दिने र सो पश्चात सम्बन्धित उडान कम्पनिसंग बुझी नेपालका आफन्तलाइ र नेपाली दूतावासलाइ पनि अनिवार्य रुपमा शव पुग्ने मिति¸ उडान तालिकाबारे सूचना दिने। मृतकका आफन्तको सहमति प्राप्तगर्न दूतावासले समन्वय गरिदिने ।
Arrange to send the legitimate dues or compensation amount to the Next of kin whether in the country or in Nepal through banking channel. In case, it is not practicable to send the money through banking channel on time, inform the same to the Embassy in writing and thereafter arrange to deposit the money in the name of “Embassy of Nepal” Pretoria, or other designated person by the Embassy or relatives in order to send dues to the legal heirs of the deceased in Nepal यदी मृतकको नाममा रहेको रकम नेपालमा रहेका मृतकका आफन्तलाइ सोझै उपलव्ध गराउन वा निजको वैंक खातामा जम्मा गर्न वा नेपाल ट्रान्स्फर गर्न ढिलाइ हुनेभएमा सो रकम दूतावासमार्फत मृतकका आफन्तलाइ पठाइन दूतावासमा वा दूतावासले वा दूताबासलाइ जानकारी गराइ आफन्तले तोकेको व्यक्तिको खातामा जम्मा गर्ने ।
Original Passport of the deceased to be submitted at the Embassy for cancellation before sending it with the dead body and Letter of Will and Passport copy of the person, if applicable, who will accompany the dead body मृतकको सक्कल राहदानी दूतावासबाट रद्द गरी मृत शरिरका साथमा पठाउनुपर्ने भएकाले सक्कल राहदानी र मृतकको शरीर नेपाल पुर्याउन कोही संगै जानेभएमा निजको राहदानीको प्रतिलिपी र इच्छापत्र दूतावासमा पेश गर्ने।

९. श्रमीक हकहीत सम्बन्धी, अध्यागमन वा फौजदारी लगायतका समस्यामा दूतावासको सहयोग लिन देहायका कागजातहरु पेश गर्नुपर्नेछ

  • समस्याको विवरण-

१  रोजगारदाताले तलव सुविधा नदिएको / कामबाट निकालेको/ दुर्व्यवहार गरेको/ चोरी
२ कूटपिट वा अन्य आरोप लगाएको —————————-
३ लेन देन ठगी आदि समस्या ———————————–
४ इमिग्रेशन सम्बन्धी———————————–
५ अन्य भए उल्लेख गर्ने —————–

  • समस्याको छोटकरी तथा स्पष्ट विवरण अलग्गै सादा पानामा खुलाउनु पर्नेछ ।

आवश्यक कागजातहरु
१ नेपाली राहदानीको सक्कल र प्रतिलिपि
२ नेपाली नागिरकताको प्रमाणपत्रको सक्कल वा प्रतिलिपि
३ रोगगारदातासंग गरेको कामको करार संझौताको प्रतिलिपि
४ निवेदन
५ अन्य भए खुलाउन सकिने ।