अन्तरकृया एवं शुभकामना आदानप्रदान कार्यक्रम-२०७९

दक्षिण अफ्रिकाको लागि नेपालको राजदूत महामहिम श्री दान बहादुर तामाङ्गले यस दूतावासमा आफ्नो कार्यजिम्मेवारी सम्हाल्नुभएको सन्दर्भमा नेपालको आर्थिक कूटनीतिको उद्देश्य अनुरुप निर्यात ब्यापार, पर्यटन तथा स्थानीय नेपाली समुदायको हितको प्रवर्द्धन गर्न एवं मुलुकमा वैदेशिक लगानी भित्र्याउनका लागि आगामी दिनमा दूतावास र गैर आवासीय नेपाली संघ, नेपाली समुदायले समन्वयात्मकरुपमा कार्यान्वयन गर्नुपर्ने विषयहरु लगायतका सम्बन्धमा छलफल गर्न र नेपालीहरूको महान पर्व बडादशैंको शुभ अवसरमा शुभकामना आदानप्रदान गर्न दूतावासबाट देहायको स्थान, मिति र समयमा एक परिचयात्मक अन्तरकृया कार्यक्रम आयोजना गरिने भएको हुँदा सो कार्यक्रममा सहभागिताका लागि दक्षिण अफ्रिकामा रहनुहुने आदरणीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।साथै, सो कार्यक्रममा सहभागी हुनुहुने महानुभावहरूले दूतावासका सहचारी श्री विष्णु प्रसाद ढकाल (मोवाइल नं. 0765093941/ इमेल eonpretoria@mofa.gov.np)लाई यथासमयमै जानकारी गराउनहुन समेत अनुरोध गर्दछौं।

देहाय:
स्थान: 235 Albert Street, Waterkloof, Pretoria.
मिति: २०७९ असोज १५ गते, शनिबार (तदनुसार १ अक्टोबर 2022)
समय: बिहान ११ बजे