महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा द्वादशी - २७

राहदानी सेवाको अन्तरिम व्यवस्थापन सम्बन्धी जरूरी सूचना

 

राहदानी सेवाको अन्तरिम व्यवस्थापन सम्बन्धी

जरूरी सूचना

वि.सं. २०८३ जेठदेखि राहदानी सेवाको प्रणालीगत वदलीकरण सुरूवात हुने तयारी भैरहेकोले सो संक्रमणकालीन अवस्थामा प्राविधिक कारणवश प्रणाली स्थिरीकरणमा लाग्नसक्ने समयसमेतलाई दृष्टिगत गरी 2083 असोजभित्र राहदानी नवीकरण गर्नुपर्ने अवस्था भएमा 208३ वैशाख मसान्तसम्ममा आवेदन गरी राहदानी सेवा लिन सम्बन्धित सबैमा अनुरोध गर्दै 28 फागुन 208२ मा राहदानी विभागले जारी गरेको जरूरी सूचना दक्षिण अफ्रिका तथा यस राजदूतावास सहप्रमाणीकरण रहेका मुलुकमा रहनुभएका सम्बन्धित सबै नेपालीहरूमा जानकारीको लागि अनुरोध गरिन्छ ।

 

यस सम्बन्धमा थप जानकारीका लागि यस राजदूतावासमा तपसिलको सम्पर्क विवरणमा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिन्छः

  • राजदूतावासको सम्पर्क विवरणः

ईमेलः              eonpretoria@mofa.gov.np / eonpretoria@gmail.com

टेलिफोन नं.    +27 (0)12 342 7546

  • काउन्सेलर – श्री रमेशकुमार चर्मकार: +27794225727 (WhatsApp)
  • सहचारी –   श्री दिपक खत्री: + 27764998665 (WhatsApp)