निवृत्तभरण खाता नवीकरण सिफारिस सम्बन्धी
जानकारीमूलक सूचना
निवृत्तभरक विदेशमा रहेको कारण "निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि, 2082" को दफा ३ अनुसार खोलिएको निवृत्तभरण भुक्तानी खाताको दफा ४ बमोजिम सक्रिय हुने अवधि समाप्ति पश्चात् पूनः सुचारू गराउन निवेदन दिन निवृत्तभरक स्वयं सम्बन्धित बैंकमा उपस्थित नसक्ने अवस्थामा कार्यविधिको दफा ५(१) मा उल्लिखित अनुसूची -3 बमोजिमको ढाँचामा विदेशस्थित कुनै नेपाली नियोगमा निवृत्तभरण भुक्तानी खाता नवीकरणको सिफारिसको लागि निवेदन दिएमा नियोगले दफा ५ (२) बमोजिम निवृत्तीभरक स्वयम् उपस्थित भर्इ उक्त निवेदन दिएको बेहोरा प्रमाणित गरी निवृत्तभरण व्यवस्थापन कार्यालयमा पठाइदिनुपर्ने लगायतको प्रावधान कार्यान्वयन गर्न गराउन मिति 2082/12/01 को परराष्ट्र मन्त्रालय सचिवस्तरीय निर्णय अनुसार अनुरोध भैआएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
स्वयं उपस्थित भर्इ निवेदकले पेस गर्नु पर्ने आवश्यक कागजातहरूः
१. "निवृत्तभरण भुक्तानी व्यवस्थापन कार्यविधि, 2082" को अनुसूची – ३ बमोजिमको निवेदन - १
२. निवृत्तभरण अधिकार पत्रको प्रमाणित छायाँप्रति – १
३. बैंक खाता नम्बर खुल्ने कागजात (चेकबुक वा बैंकस्टेटमेन्ट वा अन्य यस्तै कागजात)को छायाँप्रति – १
४. नेपाली नागरिकता/राष्ट्रिय परिचयपत्रको छायाँप्रति -१
५. नेपाली राहदानी सक्कल र छायाँप्रति – 1/1
६. हाल बसोबास/पेशा/व्यवसाय/रोजगारी आदि रहेको देशको ठेगाना सम्बन्धी स्वघोषणा – १
७. राजदूतावासले तोके अनुसारको राजस्व बुझाएको प्रमाण -१
(नोटः- यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा राजदूतावासमा eonpretoria@mofa.gov.np / eonpretoria@gmail.com ईमेल तथा टेलिफोन नं. +27 (0)12 342 7546 वा WhatsApp Nos. +27794225727 (काउन्सेलर श्री रमेशकुमार चर्मकार) र +27764998665 (सहचारी श्री दिपक खत्री) मार्फत सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ।)