national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा एकादशी - २६

सेसेल्समा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन हुने सम्बन्धी सूचना

सेसेल्समा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन हुने सम्बन्धी सूचना

सेसेल्समा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन हुने सम्बन्धी सूचना

 

यस राजदूतावासबाट आगामी २०८३ वैशाख 10 गते देखि 13 गते (तद्अनुसार 23 देखि 26 अप्रिल 202६) मा हुन लागेको सिसेल्स भ्रमणका बखत वैदेशिक रोजगारी तथा अन्य कामको सिलसिलामा गणतन्त्र सेसेल्समा रहनुभएका नेपाली नागरिकहरूलाई विद्युतीय राहदानी तथा कन्सुलर सेवा प्रवाह गराउने उद्देश्यका साथ तपसिलको मिति, समय र स्थानहरूमा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन समेत गर्न लागिएकोले आफ्नो राहदानी तथा कन्सुलर सम्बन्धी कुनै सेवा आवश्यक भएमा आवश्यक कागजात र राजश्वसहित उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

तपसिल:

मिति समय:            202६ अप्रिल 25 सनिबार (बिहान 8 देखि बेलुका 5 बजेसम्म) र २६ अप्रिल आइतबार (बिहान ८ देखि 10 बजेसम्म)

स्थान:                                      BERJAYA BEAU VALLON BAY RESORT & CASINO, Victoria, Seychelles

राजश्व रकम:                    राहदानी नवीकरण – 1,600 दक्षिण अफ्रिकी र्‍याण्ड

                              राहदानी क्षति/रद्द/हराएको -     2,400 दक्षिण अफ्रिकी र्‍याण्ड

विद्युतीय राहदानी आवेदनका लागि साथै लिएर आउनुपर्ने आवश्यक कागजातः नेपाली नागरिकता सक्कल/प्रतिलिपी, हालको राहदानी सक्कल (हराएकाको हकमा प्रतिलिपी), नेपाली बाबु-आमाका नवजात शिशुको हकमा – अस्पतालको जन्म प्रमाणपत्र सक्कल, सम्बन्धित स्थानीय निकायबाट प्रदान गरिएको जन्मदर्ता प्रमाणपत्र सक्कल, बुबा-आमाको बिवाहदर्ता, नेपाली नागरिकता तथा राहदानी सक्कल/प्रतिलिपी, एक वर्ष भन्दा मुनिको शिशुको हकमा फोटो-२ थान, आदि

साथै, यत्रा अनुमति पत्र तथा राजश्व एवं राहदानीका लागि आवश्यक कागजात एवं कन्सुलर प्रमाणीकरणसँग सम्बन्धित अधिकृत वारेसनामा, मञ्जुरीनामा, सवारी चालक अनुमति पत्र, निवृत्तभरण खाता सुचारू सिफारिस लगायतको प्रमाणीकरणका लागि थप जानकारी लिनुपरेमा दूतावासको इमेल ठेगाना eonpretoria@mofa.gov.np वा eonpretoria@gmail.com वा WhatsApp सहितको मोवाइल नं. +27794225727 मा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध गरिन्छ ।

यस शिविरका सम्बन्धमा सिसेल्समा रहेका सबै नेपालीहरूबीच फेसबुक, इन्स्टाग्राम, ह्वाट्स्एप, मेसेन्जर, भाइबर, टेलिफोन, ईमेल तथा वेभसाइट आदि लगायतका सबै माध्यमहरूको प्रयोग मार्फत् आवश्यक प्रचार-प्रसार गरी राहदानी तथा कन्सुलर सेवाबाट धेरै भन्दा धेरै नेपालीहरूलाई लाभान्वित गराउन सहयोग गरिदिनु हुन सेसेल्समा विभिन्न पेसा व्यवसाय गरेर बसिरहनु भएका नेपालीहरू, हामी नेपाली ग्लोबल्स, गैर आवासीय नेपाली संघ लगायत सम्पूर्ण नेपाली संघ-संस्थाहरूमा हार्दिक अनुरोध गरिन्छ ।

 

 

 

 

 

नेपाली राजदूतावास, प्रिटोरिया

दक्षिण अफ्रिका

27 चैत्र 2082