प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहनुभएका नेपालीहरूलाई सूचना !

प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहनुभएका नेपालीहरूलार्इ सूचना

केही समय यता प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी तथा रूवाण्डसँग सीमा जोडिएका North Kivu, South Kivu लगायतका क्षेत्रमा विकास भइरहेको जोखिमयुक्त परिस्थितिका सन्दर्भमा आसपासका क्षेत्रमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई अधिकतम सतर्कता तथा सजगता अपनाउनु हुन नेपाली राजदूतावास, प्रिटोरिया हार्दिक अनुरोध गर्दछ । साथै, कुनै समस्या परेमा दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली राजदूतावासको निम्न नम्बर तथा इमेलमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ:
नेपाली राजदूतावास, प्रिटोरिया
इमेलः eonpretoria@mofa.gov.np
टेलिफोन नं. +27123427546
सम्पर्क व्यक्तिहरू:
१) श्री रमेशकुमार चर्मकार, उपनियोग प्रमुख – मोबाइल/ह्वाट्सएप नं. +27794225727
२) श्री विष्णु प्रसाद ढकाल, तृतीय सचिव – मोबाइल/ह्वाट्सएप नं. +27765093941
साथै, DRC, Burundi, Tanzania तथा पछिल्लो चरणमा विकसित घटनाबाट प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि तपसिलको लिंक मार्फत् यथाशीघ्र आवश्यक विवरण उपलब्ध गराइदिनुहुन समेत ती देशहरूमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई हार्दिक अनुरोध छ ।
https://forms.gle/W6HpcFF3jQkKjrRL6

नेपाली राजदूतावास, प्रिटोरिया
२०८१ फागुन ११ गते
२3 फेब्रुअरी २०२५