महामहिम राजदूतले पदभार ग्रहण गर्नुभएको सम्बन्धी- प्रेश विज्ञप्ति

प्रेस विज्ञप्ती
प्रेस विज्ञप्ती

दक्षिण अफ्रिकाका लागि नेपालका नवनियुक्त राजदूत महामहिम प्रा. कपिल मान श्रेष्ठ आफ्नो कार्यभार सम्हाल्न आज दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया आइपुग्नु भएको छ । महामहिम राजदूतज्यूको कतार एयरलायन्सको उडान QR 1363 बाट पूर्वान्ह 09:2५ बजे दक्षिण अफ्राकाको जोहानेसवर्गस्थित O R Tombo अन्तार्राष्ट्रिय विमानस्थलमा आगमन भएको थियो ।
उहाँको आगमनका बखत दक्षिण अफ्रिकाको Department of International Relations को State Protocol का शिष्टाचार अधिकृत तथा यस राजदूतावासका उपनियोगप्रमुख श्री रमेशकुमार चर्मकार र तृतीय सचिव श्री विष्णु प्रसाद ढकालले महामहिम राजदूतलाई विमानस्थलको विशिष्ट कक्षमा पुष्पगुच्छा प्रदान गर्नुका साथै तथा खादा पहिराएर भव्य स्वागत गर्नु भएको थियो ।
आजै महामहिम राजदूतज्यूलाई नेपाली राजदूतावासमा कूटनीतिक तथा स्थानीय कर्मचारीहरूको समुपस्थितीमा स्वागत गर्दै परिचयात्मक कार्यक्रम समेत सम्पन्न गरियो । साथै महामहिम राजदूतको सफल कार्यकालका लागि शुभकामना व्यक्त समेत गरिएको थियो ।
महामहिम राजदूतज्यूले पदबहाली गर्नुभए सँगै यस राजदूतावासले पूर्णता पाएकोमा सम्पूर्ण कर्मचारी तथा राजदूतावास परिवार हर्षित भएको छ ।

नेपाली राजदूतावास, प्रिटोरिया
2081 फागुन 08 गते, विहीबार