दूतावास बन्द रहने सम्बन्धी सूचना

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/५/२६ को निर्णय अनुरूप संविधान सभाका अध्यक्ष एवं संघीय संसद, प्रतिनिधि सभाका सदस्य श्री सुवासचन्द्र नेम्वाङको हालै असामयिक निधन भएकोमा वहाँले नेपालको संविधान निर्माण एवं जारी गर्ने लगायतका सन्दर्भमा निर्बाह गर्नु भएको महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै भोलि मिति २०८०/५/२८ गते स्वर्गीय श्री सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार हुने भएकोले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सो दिन यस दूतावास समेत बन्द रहने ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।