ICC U19 Men’s Cricket World Cup-2024 खेल सम्बन्धी सूचना

आगामी मिति २०८० माघ ५ देखि २९ गते (तदनुसार १९ जनवरी-१२ फ्रेब्रुअरी २०२४) सम्म दक्षिण अफ्रिकामा आयोजना हुने ICC U19 Men’s Cricket World Cup-2024 प्रतियोगितामा भाग लिन यहाँ आएको नेपाली क्रिकेट टोली प्रशिक्षण एवं मैत्रीपूर्ण अभ्यास खेलहरुका लागि हाल प्रिटोरियामा रहनु भएको छ । उक्त रोमाञ्चित खेलहरु देहायमा उल्लिखित मिति, समय र स्थानमा आयोजना हुने भएको हुँदा सो हेर्न सहभागी भई खेलको मनोरञ्जन लिनुका साथै नेपाली टिमको हौसला बढाई दिनुहुन यहाँ रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु एवं अन्य क्रिकेटप्रेमी महानुभावहरुमा यस दूतावास हार्दिक अनुरोध गर्दछ ।
देहायः

अभ्यास खेलहरु
१. नेपाल र स्कटल्याण्ड
स्थानः Tuks High Performance Centre, प्रिटोरिया (University of Pretoria, Hatfield,
Burnett Street, Koedoespoort 456-Jr, Arcadia, Pretoria 0026)
मितिः २३ पुस २०८० (तदनुसार ८ जनवरी २०२४)
समयः विहान ९:३० बजे
प्रवेशः निःशुल्क

२. नेपाल र नामिबिया
स्थानः CBC Old Boys Memorial Park, 78 George Storrar Drive, Groenkloof, Pretoria, 0181
प्रिटोरिया
मितिः २६ पुस २०८० (तदनुसार ११ जनवरी २०२४)
समयः विहान १०:०० बजे
प्रवेशः निःशुल्क

ICC U19 Men’s Cricket World Cup-2024 खेलहरु

१. नेपाल र न्युजिल्याण्ड
स्थानः Buffalo Park, East London
मितिः ७ माघ २०८० (तदनुसार २१ जनवरी २०२४)

२. नेपाल र पाकिस्तान
स्थानः Buffalo Park, East London
मितिः १० माघ २०८० (तदनुसार २४ जनवरी २०२४)

३. नेपाल र अफगानिस्तान
स्थानः Buffalo Park, East London
मितिः १२ माघ २०८० (तदनुसार २६ जनवरी २०२४)

विस्तृत विवरण https://cricket.co.za/icc-u19-mens-cwc/ लिङ्कमा उपलब्ध छ ।