डर्बान तथा पिटर्मेरिजबर्गमा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन हुने सम्बन्धी सूचना
डर्बान तथा पिटर्मेरिजबर्गमा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन हुने सम्बन्धी सूचना
डर्बान तथा पिटर्मेरिजबर्गमा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन हुने सम्बन्धी सूचना
यस राजदूतावासबाट आगामी २०८३ वैशाख २६ देखि २८ गते (तद्अनुसार ०९ देखि ११ मे 202६) मा हुन लागेको डर्बान तथा पिटर्मेरिजबर्ग भ्रमणका सो क्षेत्रको आसपासका स्थानहरूमा रहनुभएका नेपाली नागरिकहरूलाई विद्युतीय राहदानी तथा कन्सुलर सेवा प्रवाह गराउने उद्देश्यका साथ तपसिलको मिति, समय र स्थानमा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन समेत गर्न लागिएकोले आफ्नो राहदानी तथा कन्सुलर सम्बन्धी कुनै सेवा आवश्यक भएमा आवश्यक कागजात र राजश्वसहित उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
तपसिल:
मिति समय: 202६ मे १० आइतबार (बिहान 8 देखि बेलुका 5 बजेसम्म)
स्थान: 11 Ramdeen Road (Raisthorpe), Pietermaritzburg, KwaZulu-Natal, South Africa
राजश्व रकम: राहदानी नवीकरण – 1,600 द. अ. र्याण्ड
राहदानी क्षति भएको/बिग्रेको/हराएको - 2,400 द. अ. र्याण्ड
विद्युतीय राहदानी आवेदनका लागि साथै लिएर आउनुपर्ने आवश्यक कागजातः नेपाली नागरिकता सक्कल/प्रतिलिपी, हालको राहदानी सक्कल (हराएकाको हकमा प्रतिलिपी), नेपाली बाबु-आमाका नवजात शिशुको हकमा – अस्पतालको जन्म प्रमाणपत्र सक्कल, सम्बन्धित स्थानीय निकायबाट प्रदान गरिएको जन्मदर्ता प्रमाणपत्र सक्कल, बुबा-आमाको बिवाहदर्ता, नेपाली नागरिकता तथा राहदानी सक्कल/प्रतिलिपी, एक वर्ष भन्दा मुनिको शिशुको हकमा फोटो-२ थान, आदि ।
साथै, यत्रा अनुमति पत्र तथा राजश्व एवं राहदानीका लागि आवश्यक कागजात एवं कन्सुलर प्रमाणीकरणसँग सम्बन्धित अधिकृत वारेसनामा, मञ्जुरीनामा, सवारी चालक अनुमति पत्र, निवृत्तभरण खाता सुचारू सिफारिस लगायतको प्रमाणीकरणका लागि थप जानकारी लिनुपरेमा दूतावासको इमेल ठेगाना eonpretoria@mofa.gov.np वा eonpretoria@gmail.com वा WhatsApp सहितको मोवाइल नं. +27764998665 मा राजदूतावासका सहचारी श्री दिपक खत्रीलार्इ सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
यस शिविर सञ्चालनस्थल तथा अन्य व्यवस्थापन सम्बन्धी थप जानकारी आवश्यक परेमा पिटर्मेरीज्बर्गमा रहनुहुने श्री शान्त कुमार के. सी. ×शंकर के.सी."लार्इ उहाँको मोबाइल नं. +27623657702 (WhatsApp) सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।
नेपाली राजदूतावास, प्रिटोरिया
दक्षिण अफ्रिका
१८ वैशाख 208३