नयाँ राहदानी प्राणलीबाट राहदानी सेवा प्रदान गर्न सुचारु गरेको सम्बन्धमा ।

नयाँ राहदानी प्राणलीबाट राहदानी सेवा प्रदान गर्न सुचारु गरेको सम्बन्धमा ।

प्रेस विज्ञप्ति

यस राजदूतावासबाट नयाँ राहदानी प्रणाली (New ePassport System) को सफल परीक्षण गरिए सँगै आज मिति २०८३ साउन ६ गते (तदअनुसार २२ जुलाई २०२६, बुधबार) देखि राहदानी सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको व्यहोरा सम्पूर्ण सरोकारवालाहरूलाई सहर्ष जानकारी गराउँदछौं । सेवा शुभारम्भ भएकै दिन नयाँ प्रणालीअन्तर्गत तीन जना सेवाग्राहीहरूको Live Enrolment प्रक्रिया सफलतापूर्वक सम्पन्न गरी राहदानी सेवा प्रदान गरिएको छ । 

यसरी नयाँ राहदानी प्रणाली मार्फत् दक्षिण अफ्रिकामा रहेका नेपालीहरूका लागि सफलतापूर्वक राहदानी सेवा प्रवाह सुचारु गराउन अहोरात्र खटेर प्राविधिक, व्यवस्थापकीय तथा समन्वयात्मक रूपमा अमूल्य सहयोग प्रदान गर्नुहुने परराष्ट्र मन्त्रालय तथा राहदानी विभागका सम्पूर्ण पदाधिकारी, कर्मचारी एवं प्राविधिक टोलीप्रति नेपाली राजदूतावास, प्रिटोरिया कृतज्ञता ज्ञापन गर्दछ ।

नेपाली राजदूतावास, प्रिटोरिया 
२०८३ साउन ६