सेवा प्रवाह बन्द गरिने सम्बन्धी सूचना
सेवा प्रवाह बन्द गरिने सम्बन्धी सूचना
सेवा प्रवाह बन्द गरिने सम्बन्धी सूचना
आर्थिक वर्ष २०८३/०८४ को बजेटमा व्यवस्था भए अनुरूप दक्षिण अफ्रिकाको प्रिटोरियास्थित नेपाली राजदूतावास बन्द गर्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट निर्देशन प्राप्त भएसँगै यस राजदूतावास बन्द गर्ने प्रक्रिया सुरू भइसकेको हुँदा यस राजदूतावासमार्फत प्रदान गरिने विद्युतीय राहदानी लगायत अन्य सेवाहरू वि.सं. २०८३ भाद्र १५ (तद अनुसार ३१ अगष्ट २०२६) देखि पूर्णरूपमा बन्द गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।
तसर्थ, यस राजदूतावासबाट तत्काल कुनै सेवा आवश्यक भएमा ३१ अगष्ट २०२६ भित्रै सेवा लिइसक्नु हुन तथा अत्यन्त जरूरी अवस्थामा वैकल्पिक व्यवस्था सम्बन्धी सूचना जारी नभएसम्मका लागि यस राजदूतावासका कूटनीतिक कर्मचारीहरूलार्इ ह्वाट्सएप (सहचारी श्री दिपक खत्री +27764998665) तथा राजदूतावासको इमेल ठेगाना (eonpretoria@mofa.gov.np वा eonpretoria@gmail.com) मा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ।
नेपाली राजदूतावास
प्रिटोरिया
०५ अगष्ट २०२६