मौरिससमा राहदानी तथा कन्सुलर सेवा घुम्ती शिविर सञ्चालन सूचना

मौरिससमा राहदानी तथा कन्सुलर सेवा घुम्ती शिविर सञ्चालन सूचना

 

 

 

मौरिससमा राहदानी तथा कन्सुलर सेवा घुम्ती शिविर सञ्चालन सूचना

 

यस राजदूतावासबाट आगामी २०२६ जुन १९ देखि २६ सम्म हुन लागेको मौरसस भ्रमणका बखत मौरिससमा रहेका नेपाली नागरिकहरूलाई विद्युतीय राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यका साथ तपसिलको मिति, समय र स्थानमा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन गर्न लागिएकोले नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने राहदानी नवीकरण तथा प्रतिस्थापन र कन्सुलर सम्बन्धी कुनै सेवा आवश्यक भएमा आवश्यक कागजात र राजश्व बापत बुझाउनु पर्ने रकम बैंक दाखिला गरेको प्रमाण सहित उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

तपसिल:

मिति तथा समय:        202६ जुन २० शनिबार देखि जुन २३ मंगलबारसम्म

                                  बिहान 8 देखि बेलुका 5 बजेसम्म

स्थानः                 Royal Road Rose Hill (opposite to Elie and Sons), Beau Bassin, (Boulettes Avenue), Mauritius (Tel +230 5775 3237 Mr. Arvish)

राजश्व रकम:                राहदानी नवीकरण             – 1,600 द.. र्‍याण्ड (१० वर्षमुनीका नाबालक – ८०० राण्ड)

                     राहदानी क्षति भएको/बिग्रेको/हराएको  - 2,400 द.. र्‍याण्ड

                             अन्य कन्सुलर तथा प्रमाणीकरणको हकमा तोकिए बमोजिम

राजस्व जम्मा गर्ने बैंक खाताको विवरण:

Account holder: Embassy of Nepal in South Africa                        Bank: First National Bank (FNB) South Africa

Branch: Brooklyn, Pretoria                                                                                     Branch Code: 251 345

Account No: 622 720 43961                                                                                      Account Type: Cheque

Currency: ZAR                                                                                                          Amount: (As designated for specific service)

Reference: (Applicant’s name & purpose of fee)                             SWIFT Code: FIRNZAJJ

(नोटः SWIFT गर्दा बैंकले लिने चार्ज तथा Beneficiary Bank Commission/ वा नगद सटहीदर तथा बैंक कमिसन समेत सेवाग्राही स्वयंले बेहोर्नुपर्ने छ )

विद्युतीय राहदानी आवेदनका लागि साथै लिएर आउनुपर्ने आवश्यक कागजातः १) नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरिसकेकाको हकमाः नेपाली नागरिकता सक्कल/प्रतिलिपी, हालको राहदानी सक्कल (हराएकाको हकमा प्रतिलिपी); २) नेपाली बाबुआमाका नावालक सन्ततीको हकमाः नावालक परिचयपत्र सक्कल/प्रतिलिपि, हालको राहदानीको सक्कल(हराएकोमा प्रतिलिपि), जन्मदर्ताको सक्कल वा प्रतिलिपि, बुबाआमाको नागरिकता, राहदानी, विवाहदर्ताको सक्कल वा प्रतिलिपि; ३) नेपाली बाबु-आमाका नवजात शिशुको हकमाः अस्पतालको जन्म प्रमाणपत्र सक्कल, सम्बन्धित स्थानीय निकायबाट प्रदान गरिएको जन्मदर्ता प्रमाणपत्र सक्कल, बुबा-आमाको बिवाहदर्ता, नेपाली नागरिकता तथा राहदानी सक्कल/प्रतिलिपी, एक वर्ष भन्दा मुनिको शिशुको हकमा फोटो-२ थान, आदियात्रा अनुमति पत्रः नेपाली नागरिकता सक्कल/प्रतिलिपी, हालको राहदानी सक्कल (हराएकाको हकमा प्रतिलिपी), आइ. डी. साइजको फोटो-२ थान ।

साथै, यत्रा अनुमति पत्र एवं कन्सुलर प्रमाणीकरणसँग सम्बन्धित अधिकृत वारेसनामा, मञ्जुरीनामा, सवारी चालक अनुमति पत्र, निवृत्तभरण खाता सुचारू सिफारिस लगायतको प्रमाणीकरण  तथा सोका लागि लाग्ने दस्तुरका सम्बन्धमा थप जानकारी लिनुपरेमा यस राजदूतावासको इमेल ठेगाना eonpretoria@mofa.gov.np वा eonpretoria@gmail.com वा WhatsApp सहितको मोवाइल नं. +277764998665 मा राजदूतावासका सहचारी श्री दिपक खत्रीलार्इ सम्पर्क गर्नुहुन तथा शिविर सञ्चालन स्थल, मिति र समय लगायत अन्य स्थानीय जानकारी आवश्यक परेमा सुशना दाहाललार्इ उहाँको मोबाइल नं. +230 5907 7873 एवं Mr. Arvish लार्इ उहाँको मोबाइल नं. +230 5775 3237 मा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।

यस शिवर आयोजनाका सम्बन्धमा मौरिससमा हेका सबै नेपालीहरूबीच फेसबुक, इन्स्टाग्राम, ह्वाट्स्एप, मेसेन्ज, भाइब, टेलिफोन, ईमेल तथा वेभसाइट आदिगायतका सबै माध्यमहरूको प्रयो मार्फत् आवश्यक प्रचा-प्रसार गरी सकेसम्म राहदानी तथा कन्सुल सेवाबाट सबै नेपालीहरूलाई लाभान्वि गराउन सहयोग गरिदिनु हुन मौरिससमा विभिन्न पेसा व्यवसाय गरी बसिरहनु भएका नेपालीहरू तथा नेपाली संघ-संस्थाहरू सम्बन्धित सबैमा हार्दिकनुरोगरिन्छ ।

 

 

 

नेपाली राजदूतावास, प्रिटोरिया

दक्षिण अफ्रिका

१२ जुन २०२६