वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व द्वादशी - १२
यस राजदूतावासबाट आगामी २०८२ वैशाख २५ देखि ३० गते (तद्अनुसार ०८ दखि १३ मे 2025) मा हुन लागेको सिसेल्स भ्रमणका बखत वैदेशिक रोजगारी तथा अन्य कामको सिलसिलामा गणतन्त्र सेसेल्समा रहनुभएका नेपाली नागरिकहरूलाई विद्युतीय राहदानी तथा कन्सुलर सेवा प्रवाह गराउने उद्देश्यका साथ तपसिलको मिति, समय र स्थानहरूमा राहदानी तथा कन्सुलर घुम्ती सेवा सञ्चालन समेत गर्न लागिएकोले आफ्नो राहदानी तथा कन्सुलर सम्बन्धी कुनै सेवा आवश्यक भएमा आवश्यक कागजात र राजश्वसहित उपस्थित हुनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
तपसिल:
मिति तथा स्थान: 2025 मे ११ मा 1st Floor, Quincy Mall, Quincy Street, Victoria, Seychelles
2025 मे १२ मा La Digue Island (सोमबार)
समय: बिहान 8 देखि बेलुका 5 बजेसम्म
राजश्व रकम: राहदानी नवीकरण – 1,600 दक्षिण अफ्रिकी र्याण्ड
राहदानी क्षति/रद्द/हराएको - 2,400 दक्षिण अफ्रिकी र्याण्ड
विद्युतीय राहदानी आवेदनका लागि साथै लिएर आउनुपर्ने आवश्यक कागजातः नेपाली नागरिकता सक्कल/प्रतिलिपी, हालको राहदानी सक्कल (हराएकाको हकमा प्रतिलिपी), नेपाली बाबु-आमाका नवजात शिशुको हकमा – अस्पतालको जन्म प्रमाणपत्र सक्कल, सम्बन्धित स्थानीय निकायबाट प्रदान गरिएको जन्मदर्ता प्रमाणपत्र सक्कल, बुबा-आमाको बिवाहदर्ता, नेपाली नागरिकता तथा राहदानी सक्कल/प्रतिलिपी, एक वर्ष भन्दा मुनिको शिशुको हकमा फोटो-२ थान, आदि ।
साथै, राजश्व एवं आवश्यक कागजात लगायतको विषयमा थप जानकारी लिनुपरेमा दूतावासको इमेल ठेगाना eonpretoria@mofa.gov.np वा WhatsApp सहितको मोवाइल नं. +27794225727 मा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध गरिन्छ ।
यस शिविरका सम्बन्धमा सिसेल्समा रहेका सबै नेपालीहरूबीच फेसबुक, इन्स्टाग्राम, ह्वाट्स्एप, मेसेन्जर, भाइबर, टेलिफोन, ईमेल तथा वेभसाइट आदि लगायतका सबै माध्यमहरूको प्रयोग मार्फत् आवश्यक प्रचार-प्रसार गरी राहदानी तथा कन्सुलर सेवाबाट धेरै भन्दा धेरै नेपालीहरूलाई लाभान्वित गराउन सहयोग गरिदिनु हुन सिसेल्समा विभिन्न पेसा व्यवसाय गरेर बसिरहनु भएका नेपालीहरू तथा नेपाली संघ-संस्थाहरू सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।
नेपाली राजदूतावास, प्रिटोरिया
दक्षिण अफ्रिका
16 वैशाख 2082